
काठमाडौँ उपत्यकाका प्रमुख नदीहरूमा जलसतह बढ्न थालेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सोमबार साँझ ६:४४ बजे एक सूचना जारी गर्दै विभागले बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते र मनोहरा लगायतका खोलाहरूमा बाढी बढिरहेको जनाएको हो ।
आज राति थप वर्षा हुने पूर्वानुमान रहेकाले नदी आसपासका क्षेत्र र डुबान भइरहने होचा स्थानका बासिन्दालाई भोलि बिहानसम्मै सतर्क रहन भनिएको छ ।
यस्तै, नदी किनारका करिडोर सडक भएर यात्रा गर्नेहरूलाई पनि विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।