०७ असार २०८३, आइतबार

धुलिखेलमा कोरोना संक्रमितको मृत्यु

भदौ १०, २०७७
धुलिखेलमा कोरोना संक्रमितको मृत्यु
प्रतिकात्मक तस्वीर

धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका १ कोरोना संक्रमितको मंगलवार राति मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोस्टले मंगलवार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोस्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले ३ दिनअघि अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएका झाले बताए ।

पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमा समेत कोरोना संक्रमण बढ्दै गएको छ । पोस्टका अनुसार कूल संक्रमितमध्ये १ पुरुष र १ महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन् । बाँकी ९८ संक्रमितको विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्