०५ असार २०८३, शुक्रबार

यसरी बिग्रँदै गयो देउवा–निधि सम्बन्ध, तर त्यसपछि तर्सिए...

कात्तिक २०, २०७४
यसरी बिग्रँदै गयो देउवा–निधि सम्बन्ध, तर त्यसपछि  तर्सिए...
काठमाडौँ, २२ बैशाख- प्रहरी महानिरीक्षकमा पार्टी सभापति शेरबहादुर देउवाले डिआइजी जयबहादुर चन्दलाई बनाउन खोजे पनि गृहमन्त्री विमलेन्द्र निधि भने नवराज सिलवालको पक्षमा थिए । देउवाको अडानपछि निधिको केही लागेन । सरकारले चन्दलाई नै आइजिपीमा नियुक्त ग-यो । तर, पछि सर्वोच्च अदालतले रोकिदियो । सरकारले अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपी नियुक्त गर्यो ।deuba nidhi

नयाँ पत्रिका लेख्छ- , सरकारमा उपप्रधानमन्त्रीको पहिलो वरीयता नपाएपछि निधि झन् बिच्किए । जसले गर्दा उनले दुईवटा मन्त्रिपरिषद् बैठक बहिष्कार गरे । यसबीचमा पार्टीभित्र पर्याप्त छलफल नगरी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएपछि निधि देउवासँग झन् भड्किए । आफैं मातहतको आइजिपीको विषयलाई देखाउँदै महाअभियोग लगाए पनि आफूलाई थाहा नदिएको भन्दै निधिले चार दिनअघि राजीनामा दिएका थिए ।

निधिले राजीनामा दिएपछि भने देउवालाई मात्र होइन, उनको क्याम्पमा निकै चिन्ता छायो । १३औं महाधिवेशनमा कोइरालाहरूको वर्षौको विरासत तोडे पनि अहिले असन्तुष्टि बढे आफ्नो पक्ष थप कमजोर हुने निष्कर्षमा पुगेपछि देउवा निधिप्रति लचक भएका हुन् ।
प्रधानन्याायधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्तापछि राजीनामा दिने मनस्थिति बनाएर प्रधानमन्त्रीलाई जानकारी गराएलगत्तै देउवाले निधिलाई फोन गर्न खोजेका थिए, तर उनले कुरा गर्नै चाहेनन् । ‘पार्टी सभापति देउवाका पिए भानुले फोन गरेर सभापतिले कुरा गर्न चाहेको बताएका थिए, तर, निधिले म अहिले सभापतिसँग कुरा गर्दिनँ, आवश्यक छैन,’ निधिको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो । त्यसपछि दुई दिनसम्म निधिसँग देउवाको संवाद हुन सकेन । त्यसपछि केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र प्रदीप गिरीले मिलाउने प्रयास गरेको स्रोत बताउँछ ।

देउवाको तर्फबाट नेता साउद बुधबार निधिलाई भेट्न मन्त्रीक्वार्टर पुल्चोक पुगेका थिए । त्यहाँ उनले एक घन्टाभन्दा बढी छलफल गरेका थिए । त्यसपछि देउवा र निधिबीच टेलिफोनमा कुरा भएको स्रोत बताउँछ । सोही टेलिफोन वार्तापछि उनीहरूले बुधबार साँझ पार्टी कार्यालय सानेपामा भेटेर अब एक अर्कालाई सहयोग गरेर जाने निर्णय गरेका थिए । असमझदारी बढ्दै जाँदा दुवैलाई फाइदाभन्दा बेफाइदा हात लाग्ने आफ्नो पक्षका नेताहरूको रिपोर्टिङपछि देउवाले निधिलाई मिलाएर अगाडि जाने निधो गरेका हुन् |

योसँगै अहिले निधि गृहमन्त्रीको रुपमा फर्किसकेका छन् र सम्बन्ध सुधार पनि भएको बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्