उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनले देशमा कोरोना महामारी र यस साता आउने तुफानकाे खतरालाई टार्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
किमकाे स्वास्थ्य अवस्थालाई लिएर कयाैं अडकलबाजी चलिरहेका बेला उनले पार्टीकाे पोलिट ब्यूरो बैठकलाई सम्बाेधन गरेका हुन्।
उत्तर कोरियाले आफ्नाे देशमा हालसम्म कोरोना संक्रमणको घटना पुष्टि नभएकाे दाबी गरेकाे छ।
तर यदि महामारी फैलिएमा उत्तर कोरियामा यसकाे गम्भीर असर पर्ने आकलन गरिएकाे छ।
भाइरसलाई टाढा राख्न सरकारी प्रयासमा कुनै कमी नराख्न उनले निर्देशन दिए।