डन्डिफोरको तनाव युवतीले बढी भोग्छन् । डन्डिफोरकै कारण सौन्दर्य गुमेको महसुस गर्ने उनीहरू मेकअप गर्ने तरिकाबारे पनि अनभिज्ञ हुन्छन् । आखिर कसरी मेकअप गर्दा डन्डिफोरमा संक्रमणको खतरा कम हुन्छ र सौन्दर्य पनि प्राप्त हुन्छ ? मेकअप आर्टिस्ट नीरज राजभण्डारीले टिप्स दिएका छन् :
सबैभन्दा पहिले मनतातो पानीले अनुहार राम्रोसँग सफा गर्नुहोस् र वाटर बेस्ड मोस्चराइजर लगाउनुहोस् ।
२मेकअपमा प्रयोग हुने सामग्री निश्चित गरेर मेकअप थाल्नुहोस् । कन्सिलर, फाउन्डेसनजस्ता सामग्री वाटर बेस्डकै आवश्यक पर्छ ।
३मेकअप सुरु गर्नुअघि वाटर बेस्डकै प्राइमर एसपिएफसँग मिसाएर प्रयोग गर्नुहोस् । हाइड्रोजन एरोक्साइड प्रयोग गरेर आठ–दश घन्टासम्म डन्डिफोर सुकाउन पनि सकिन्छ ।
४सेलिसिलिक एसिड, डाइमेथिकोलनजस्ता केमिकलयुक्त फाउन्डेसन र कन्सिलर भए डन्डिफोर भएको अनुहारमा अझ राम्रो हुन्छ । यस्ता सामग्रीले अनुहार तथा डन्डिफोरमा भएको तेल सोसेर कीटाणुको संक्रमण हुन दिँदैन ।
५डन्डिफोर भएको अनुहारमा सीधै हातको प्रयोगले मेकअप गर्नु हुँदैन । कीटाणुहरू संक्रमणको खतरा रहन्छ । स्पोन्जले पनि गर्नु हुँदैन । राम्रोसँग सफा गरेको ब्रसले मात्रै गर्नुहोस् ।

६ डन्डिफोरमा कन्सिलर र फाउन्डेसन सही प्रयोग नगर्दा मेकअप राम्रो देखिँदैन । त्यसैले डन्डिफोर छोपेर राम्रो मेकअप गर्न एल्लो टोन भएको कन्सिलर र फाउन्डेसन प्रयोग गर्नुपर्छ । डन्डिफोर रातो छ भने ग्रिन कलरको करेक्टर प्रयोग गरेपछि फाउन्डेसन दल्नुहोस् ।
७डन्डिफोर भएको स्थानमा फाउन्डेसन कहिल्यै पनि धेरै दल्नु हुँदैन । ढ्याप–ढ्याप गरेर मात्रै लगाउनु पर्छ । डन्डिफोर सुक्खा बनाउन फाउन्डेसन प्रयोग गरेपछि कम्प्याक्ट पाउडर दल्न पनि सक्नुहुन्छ ।
८मेकअप गर्दा प्रयोग गरिएका सामग्रीले चिलाउन थाल्यो भने प्रयोग गर्न तुरुन्त बन्द गर्नुपर्छ ।
९ डन्डिफोर भएको अनुहारमा मेकअप गर्दा नयाँ ट्रिक लगाउन पनि सक्नुहुन्छ, जसले अरूको नजरमा डन्डिफोर छिपाउन सकिन्छ । डन्डिफोरभन्दा अन्यत्र हाइलाइट गर्न सकिन्छ ।
जस्तै: गालामा डन्डिफोर छ भने लिपस्टिक टल्किने खालको लगाउनुहोस्, निधारमा डन्डिफोर भए गालामा रातो सेट वा ब्रोन्डर प्रयोग गर्नुहोस् ।-नयाँ पत्रिकाबाट