०४ साउन २०८३, सोमबार

रुसद्वारा ६० वर्षअघि गराएको भयानक अणुबम विस्फोटको भिडियो सार्वजनिक

भदौ ११, २०७७
रुसद्वारा ६० वर्षअघि गराएको भयानक अणुबम विस्फोटको भिडियो सार्वजनिक

रुसले संसारको सबभन्दा ठूलो अणुबम विस्फोटको भिडियो सार्वजनिक गरेको छ । 

अहिलेसम्म गोप्य राखिएको यस भिडियोमा बम विस्फोटको पूर्ण विवरण दिइएको छ । 

जार बम नामक यस अणुबमको शक्ति जापानको हिरोशिमामा खटाइएको बमभन्दा ३३३३ गुणा बढी छ । 

रुसले शीतयुद्ध चल्दै गर्दा सन् १९६१ को अक्टोबर ३० मा यो बम डिभाइस सेभेर्नी टापुमा परीक्षण गरेको थियो । 

अणुबम लगभग ५० मेगाटनको थियो र पाँच करोड विस्फोटक बराबरको शक्तिमा पड्केको थियो ।

यसलाई इजदेलिए २०२ कार्यक्रम अन्तर्गत बनाइएको थियो । 

एक हप्ताअघि रुसको रोस्तम स्टेट एटोमिक एनर्जीले आफ्नो युट्यूब च्यानलमा ३० मिनेटको डकुमेन्ट्री अप्लोड गरेको हो । 

यस महाविनाशक अणुबमको त्रास ठूलो भएकाले क्यामराहरूलाई सयौं माइल टाढा राखिएको थियो । अनि ती क्यामरालाई लो लाइट पोजिसनमा राखिएको थियो । अणुबम विस्फोटको चर्को प्रकाशले तिनीहरू अन्धो नहुन् भनी त्यसो गरिएको थियो । 

बम पड्केपछि निस्केको मुश्लो ६७ किलोमिटर माथिसम्म पुगेको थियो । 

रुसले यस परीक्षणको भिडियो रोस्तम ७५ वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्