२६ असार २०८३, शुक्रबार

मतदानको दिन १८ सय सुरक्षाकर्मी परिचालन हुने

कात्तिक २०, २०७४
मतदानको दिन १८ सय सुरक्षाकर्मी परिचालन हुने

भक्तपुर, २२ वैशाख– आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा १८ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १८ सय सुरक्षाकर्मी परिचालन गरिने छन् । यस्तै नेपाली सेनाको टोली भने निर्वाचनस्थलभन्दा बाहिर बसेर सुरक्षाको व्यवस्था मिलाउने प्रजिअ पोखरेलले बताए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले जिल्लाभरका ७८ वटा निर्वाचन केन्द्रको अनुगमन सम्पन्न गरेको उनले जानकारी दिए । निर्वाचन केन्द्रमा मतदातास्थल कहाँ कहाँ रहने, मतदातालाई कसरी व्यवस्थित गर्ने, सुरक्षाकर्मीलाई कसरी तैनाथ गरिने भन्ने बारेमा सबै तयारी पूरा गरेको उनको भनाइ छ ।

साथै मतदानको दिन ज्येष्ठ नागरिक, अपाङ्ग, बिरामी तथा सुत्केरीलाई लाइनमा नबसी सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइने प्रजिअ पोखरेलले बताए । चुनावी प्रचार तथा मतदानस्थलमा बालबालिकाको प्रयोगलाई पूर्णरुपमा बन्देज लगाइएको उनको भनाइ छ । भक्तपुरमा १ लाख ६२ हजार आठसय ८९ मतदाता रहेका छन् । जसमा ८३ हजार दुईसय ६६ महिला र ७९ हजार ६ सय २३ पुरुष छन् ।

भक्तपुरमा स्थानीय तहको निर्वाचनका लागि ७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसमा भक्तपुर नगरपालिकामा १७, मध्यपुर थिमी नगरपालिकामा १७, सूर्यविनायक नगरपालिकामा २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्