०१ असार २०८३, सोमबार

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

भदौ ११, २०७७
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत अर्की १ जना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

साउन २६ गते संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार जारी थियो । घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । ४ दिन अघिदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी थियो । 

उनलाई प्लाज्मा दिएर बुधवारसम्म सुधार भइरहेकोमा रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । उनलाई बिहीवार पनि थप प्लाज्मा दिने तयारी थियो । 

संक्रमित महिलामा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्