
पुरानो मेडिकल कलेज, चितवन र रोटरी क्लब अफ चितवनबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधान र प्रमुख संचालन अधिकृत डा. सुप्रभात श्रेष्ठ तथा रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रो.रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य बिभाग प्रमुख रो.राजन पियाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार रोटा वर्ष २०/२१ मा मेडिकल कलेज र क्लब को संयुक्त आयोजनामा वर्षमा ३ वटा डेन्टल क्याम्प हुने छ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिने उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ। साथै उक्त क्याम्प बाट आएकालाई कलेजले अधिकतम ५५% न्यूनतम १५%सम्म छुट दिइने छ ।
यस बर्ष उक्त सम्झौताले आर्थिक विपन्न समूह लाई टेवा पुग्ने रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिती प्रमुख रो.राजन पियाले बताए ।