२३ असार २०८३, मंगलबार

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, प्रचण्डसहित ८ जना घाइते

कात्तिक २०, २०७४
कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, प्रचण्डसहित ८ जना घाइते

रुकुम, २२ वैशाख– यहाँ विहिबार दिउँसो नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ ।

नेपाली काँग्रेसनिकट नेपाल तरुण दलको आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न छोजेपछि झडप भएको तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद कुसारीले जानकारी दिए । तर माओवादीले भने आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ ।

झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ । घाइतेको अवस्था सामान्य रहेको भएपनि थप घटना नहोस् भनेर त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।

तस्वीरः सांकेतिक

salt training

कमेन्ट गर्नुहोस्