२५ असार २०८३, बिहीबार

विदेशबाट एकैदिन ४ सय ३७ नेपाली फर्किए

विदेशबाट एकैदिन ४ सय ३७ नेपाली फर्किए
फाइल फोटो।

कोरोना भाइरसका कारण सिर्जित समस्याबाट विदेशमा समस्यामा परेको तथा अलपत्र परेका नागरिकलाई चार्टर्ड विमानबाट उद्धार गर्ने कार्य जारी छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार बिहीबार विभिन्न देशबाट ४ सय ३७ जनाको उद्धार गरिएको छ।

साउदी अरबको दमामबाट १ सय ५४, साउदी अरबकै रियादबाट २ सय ६३ र टर्कीबाट २० जनालाई ल्याइएको सिसिएमसीले जनाएको छ। उनीहरु विभिन्न चार्टर्ड उडानबाट स्वदेश आएका हुन्।
 

salt training

कमेन्ट गर्नुहोस्