२९ जेठ २०८३, शुक्रबार

पुल्चोक इन्जिनियरिङलाई हवाई र रकेट विज्ञान अध्यापनकाे अनुमति

पुल्चोक इन्जिनियरिङलाई हवाई र रकेट विज्ञान अध्यापनकाे अनुमति
फाइल फोटो।

सरकारले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई एरोस्पेस (हवाई तथा रकेट विज्ञानसम्बन्धी) विषयको अध्यापन गराउन अनुमति दिएको छ।

मन्त्रिपरिषदको गत मंगलबारको बैठकले उक्त क्याम्पसलाई बीईमा एरोस्पेसको नयाँ कार्यक्रम थप गर्न तथा अध्ययन अध्यापन गराउन स्वीकृति दिएको हो।

मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्वद्ध रुपमा यो विषय अध्ययन अध्यापन हुनेछ।  त्रिवि नेपालमा औपचारिक रुपमा एरोस्पेस विषयमा अध्ययन अध्यापन गराउने पहिलो विश्वविद्यालय बनेको छ।
यद्यपि, पुल्चोक इन्जिनिरिङले यो विषयमा प्रवेश परीक्षा लिएर कोर्षको अध्यापनको तयारी गरिसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्