२८ असार २०८३, आइतबार

काठमाडौंमा ८ हजार आइसोलेसन बेड सञ्चालनकाे तयारी

काठमाडौंमा ८ हजार आइसोलेसन बेड सञ्चालनकाे तयारी

काठमाडौं उपत्यकामा ८ हजार आइसोलेसन बेड सञ्चालनकाे तयारी गरिएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजनमा भदाै ९ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले काठमाडौंमा आइसोलेसन केन्द्र तयार गर्ने निर्णय गरेको थियो।

उक्त बैठकले तीन दिनको समय सीमा निर्धारण गरेर आइसाेलेसन बेड तयार गर्न उचित स्थान छनाेट गरी कोरोना संक्रमितलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा सांसद  कृष्ण राई,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य दीपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिएको थियो।

सो समितिको बिहीबार बसेको बैठकमा  दुई दिनमा विभिन्न व्यवसायी, अस्पताल र अन्य क्षेत्रमा अध्ययन गरेर करिब ८ हजार आइसोलेसन बेड संचालन गर्ने तयारी पूरा गरिएको जानकारी दिइएको छ।

काठमाडौं ,ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सुविधा र सुरक्षा मापदण्डसहित कोरोना संक्रमितहरुको व्यवस्थापन गर्नका लागि आइसोलेसन केन्द्र तयार गरिएको बागमती प्रदेशका प्रदेश सभा सदस्य निरौलाले बताए।

कोरोना संक्रमितको व्यवस्थापनका लागि  तयार पारिएका आइसोलेसन केन्द्रको भदाै १३ गतेबाट  औपचारिक शुरुवात गर्ने जानकारी दिँदै निरौलाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका स्थानीय तहले बजेट माग गरेमा प्रदेश सरकारले उपलव्ध गराउने बताए।

स्वास्थ्य मन्त्रालयमा भएको सो समितिको बैठकले उपत्यकामा लक्षण रहित संक्रमितलाई आइसोलेसन केन्द्रमा र जटिल अवस्थाका संक्रमितलाई अस्पतालमा राख्ने व्यवस्था मिलाउनका लागि विभिन्न सम्भावित स्थानको सुची तयार पारेर सम्झौताको तयारी गरेको छ।

बागमती प्रदेश सरकारले संचालन गर्ने ती आइसोलेसन केन्द्रलाई स्वास्थ्यकर्मी  र सुरक्षा प्रबन्ध संघ सरकारले मिलाउने छ भने संक्रमितहरुको सम्पर्क, सूचना र अन्य व्यवस्थापन स्थानीय सरकारले गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्