२३ असार २०८३, मंगलबार

वैदेशिक अध्ययन अनुमतिपत्र पुनः सुचारु हुने

वैदेशिक अध्ययन अनुमतिपत्र पुनः सुचारु हुने
प्रतिकार्यात्मक तस्वीर।

उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सुचारु हुने भएको छ।

मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत ३ गते उक्त अनुमति दिने कार्य स्थगनको निर्णय गरेको थियो। 

जोखिम कायमै रहे ता पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्