११ असार २०८३, बिहीबार

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताए ।

झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । एक साता अघि उहाँ नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल गएका थिए ।

त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उहाँकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

हाल उनकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत छन् । 

salt training

कमेन्ट गर्नुहोस्