बिहीवार रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति उम्मेदवारी स्वीकार गरे र यसक्रममा उनका सन्तानले पनि बोले ।
इभान्का ट्रम्पले सम्बोधन गरेर फर्कंदै गर्दा सौतेनी आमा मेलानिया ट्रम्पले अनुहारमा देखिएको हाउभाउको भिडियो भाइरल बन्यो । उनको हाउभाउ निकै अनौठो भएको बताइएको छ ।
इभान्काको भाषण सकिएपछि राष्ट्रपति ट्रम्प र मेलानिया मञ्चमा पुगेका थिए । मेलानियाले इभान्कालाई शुरूमा मुस्कान दिइन् तर उनको केही छिनपछिको मुखाकृति बिग्रियो ।
इन्टरनेट प्रयोगकर्ता यो देखेर स्तब्ध भए ।
ट्रम्पले उम्मेदवारी स्वीकार गरेको सम्बोधन गर्दै गर्दा मेलानिया र उनका छोरा ब्यारन मञ्चको अर्को कुनामा थिए ।
मेलानिया र इभान्काको सम्बन्धको खुलासा गरिएको एउटा पुस्तक प्रकाशन हुन लागेको छ । त्यसमा मेलानियाका पूर्व सल्लाहकार स्टेफानी विन्सटन वोल्कोफले इभान्कालाई राजकुमारी भन्ने गरेको लेखिएको छ ।
वोल्कोफको पुस्तकमा मेलानिया र इभान्काबीचको मतभेदका अनेकौं घटनाको बेलीविस्तार लगाइएको छ । सन् २०१५ मा ट्रम्पले शपथग्रहण गर्दा उनीहरूबीचको भएको झगडाको पनि त्यसमा वर्णन छ ।
This was so weird. #RNC2020 pic.twitter.com/YHReTl0bfT
— Dana Goldberg (@DGComedy) August 28, 2020