२२ जेठ २०८३, शुक्रबार

दिनमा १ अर्ब बढी मानिसले चलाउँछन् फेसबुक, कति कमाउँछ ?

कात्तिक २०, २०७४
दिनमा १ अर्ब बढी मानिसले चलाउँछन् फेसबुक, कति कमाउँछ ?

फेसबुक प्रयोगकर्ताहरुको संख्या २ अर्ब नजिक पुगेको हालै सार्वजनिक भएको प्रतिवेदनले देखाएको छ ।

प्रयोगकर्ताको संख्यामा वृद्धि भएसँगै फर्मको नाफा पनि उकालो लागेको छ । प्रत्येक महिना फेसबुक प्रयोगकर्ताको संख्यामा बृद्धि भएर १.९४ अर्ब पुगेको हो । यीमध्ये १.३ अर्बले फेसबुक दैनिक चलाउने गरेको कम्पनीले जनाएको छ ।

यो प्रविधि कम्पनीको पहिलो त्रैमासको नाफ पनि ३ अर्ब डलरभन्दा बढीले बृद्धि भएको छ । यद्यपि, विज्ञापन आम्दानी भने सुस्त हुने फर्मले जनाएको छ । घृणाको अभिव्यक्ति, बालबालिकाको दुरुपयोग र आफैंलाई हानि पु-याउने जस्ता गतिविधिले पछिल्लो साताहरुमा कम्पनी दबाबमा परेको छ ।

बुधबारमात्रै फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो साइटमा आउने विषयवस्तुलाई राम्रो पार्नका लागि ३ हजार थप रोजगारी सिर्जना गर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्