२६ असार २०८३, शुक्रबार

सलमान खानको 'ट्युबलाइट'को टीजर रिलिज

कात्तिक २०, २०७४
सलमान खानको 'ट्युबलाइट'को टीजर रिलिज

काठमाडौं, २२ वैशाख — बलिउड सुपरस्टार सलमान खानको बहुप्रतीक्षित फिल्म 'ट्युबलाइट'को टीजर बिहीवार सार्वजनिक भएको छ । सलमान फिल्ममा यसअघि कहिल्यै नदेखिएको भूमिकामा देखिएका छन् ।


फिल्ममा भारत र चीनका बीच चलेको लडाईंलाई कथा बनाइएको छ । सलमानको भूमिकाका बारेमा थाहा पाउन टीजर हेर्नुहोला ।

सलमानसँगै टीजरमा देखापरेका बालकलाकार पनि आकर्षक देखिन्छन् । उनले सलमानसँग मीठा र चकचके क्षण बिताएका छन् । सलमान र उनको केमिस्ट्री पनि राम्रो देखिन्छ ।

सलमान खान फिल्म्सले निर्माण गरेको ट्युबलाइटमा सलमान खान, सोहेल खान र चिनियाँ अभिनेत्री झु झुले खेलेका छन् । कबिर खानले फिल्म निर्देशन गरेका हुन् । फिल्म जुन २३ मा रिलिज हुँदैछ ।

हेरौं टीजर :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्