
रियालिटी शो नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं भएकी छन्। शुक्रबार साँझ भएको ग्रान्ड फिनालेबाट उनी विजेता बनेकी हुन्।
उनले प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पारेकी हुन्।
सज्जाले ५० लाख रुपैयाँ पनि प्राप्त गरेकी छन्। सिजन ३ मा फस्ट रनरअप बनेका वेडुवालले १० लाख र सेकेन्ड रनरअप बनेका भुजेलले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा र दोस्रो सिजनको विजेता रवि ओड बनेका थिए।