१६ असार २०८३, मंगलबार

लिवियाली विमान अपहरण प्रकरणः अपहरणकारीले आत्मसमर्पण गरे

कात्तिक २०, २०७४
लिवियाली विमान अपहरण प्रकरणः अपहरणकारीले आत्मसमर्पण गरे
काठमाडौं, ८ पुस -अपहरणमा परेको लिवियाको विमानका दुई अपहरणकारीले माल्टा प्रहरी सामू आत्मसमर्पण गरेका छन् ।

चलक दलका सदस्यसहित ११८ सदस्य सवार विमान अपहरणपछि माल्टामा अवतरण गरिएको थियो । अवतरणसँग माल्टाको सुरक्षाकर्मीले विमानलाई घेरा हाले र त्यसपछि माल्टा सरकारले अपहरणकारीसँग वार्ता सुरु गर्यो ।

अपहरणकारीले दुई चरणमा गरेर विमानका यात्रुहरुलाई रिहा गरे । चालक दलका सदस्यलाई नियन्त्रणमै राखेका उनीहरुले केही समयपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ ।

उनीहरुमध्ये एकले विमानबाट उत्रने समयमा मोहमद गद्दाफीको जस्तो देखिने हरियो झन्डा देखाएका थिए । उनीहरु र माल्टा सरकारका बीच के विषयमा सहमति भयो र आत्मसमर्पण गर्न अपहरणकारी सहमत भए भन्ने खुलाइएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्