१७ असार २०८३, बुधबार

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ प्रक्रिया शुरू

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ प्रक्रिया शुरू

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवत्रय गेहेन्द्र राजभण्डारी (बेल्जियम र युरोपियन युनियन), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।  

समितिको शुक्रबारको बैठकले उक्त पदमा उनीहरुलाई  नियुक्त गर्न  उपयुक्त  छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन  सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।  

प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबाट नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

salt training

कमेन्ट गर्नुहोस्