०४ असार २०८३, बिहीबार

देशभर थप ८८४ जनामा कोरोना पुष्टि, काठमाडौंमा थपिए १८६ संक्रमित

देशभर थप ८८४ जनामा कोरोना पुष्टि, काठमाडौंमा थपिए १८६ संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ११ हजार ५१६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा  २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमध्ये काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौंमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ संक्रमित रहेका छन् ।

हाल सक्रिय संक्रमित १६ हजार ५७८ जना रहेकोमा होम आइसोलेसनमा ६ हजार ४४५ र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका प्रवक्ता गौतमले बताए । हालसम्म कूल २० हजार ५५५ संक्रमित डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुने प्रतिशत ५५% रहेको उनले बताए ।

हाल क्वारेन्टीनमा ८ हजार ३५ जना रहेका छन् । हाल गम्भीर अवस्थामा रहेका २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उनले बताए । सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्ला मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौहतट, सर्लाही, काठमाडौं र ललितपुर रहेका छन् । सक्रिय संक्रमण शून्य रहेका जिल्ला मुस्ताङ र हुम्ला रहेका प्रवक्ता गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्