०५ साउन २०८३, मंगलबार

चीनमा रेष्टुरेन्ट भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

भदौ १३, २०७७
चीनमा रेष्टुरेन्ट भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। 

 दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेकोे भवन आंशिकरूपमा भत्किँदा उक्त मानवीय क्षति भएका हो। 

भवनको भग्नावशेषमा फसेका कम्तीमा ४५ जनालाई साझ सात बजेसम्म उद्धार गरिएको थियो। घटनामा सात व्यक्ति गम्भीर घाइते भएका छन् भने अन्य २१ जनालाई सामान्य चोट लागेको उद्धारमा सम्लग्न स्थानीयले बताएका छन्। 

भवनको भग्नावशेषमा च्यापिएको हुनसक्ने अनुमानसहित उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन्। -रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्