०७ असार २०८३, आइतबार

कोभिड-१९ विरुद्ध सबै नेपाली सिपाही हुन्- प्रधानमन्त्री ओली

भदौ १३, २०७७
कोभिड-१९ विरुद्ध सबै नेपाली सिपाही हुन्- प्रधानमन्त्री ओली
फाइल फोटो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढ रहेको बताएका छन्।

सडकका बेवारिस, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार र संरक्षणमा अहोरात्र खटिएको मानवसेवा आश्रमको आठौँ वार्षिकोत्सव समारोहको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकका हरेक नागरिकलाई अवहेलित नभई सम्मानित जिन्दगी जिउन पाउने स्थितिमा पु-याउन सरकार गम्भीर रहेको स्पष्ट गरे।  

उक्त समारोहमा प्रधानमन्त्री ओलीले आश्रमको सेवा कार्यका लागि स्थापना भएको अक्षय कोषमा सरकारका तर्फबाट एक करोड थप्ने घोषणा गरे।

कोभिड-१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, 'हामी हरेकले लडाइँ गर्नुपर्छ, हामी सबै सिपाही हौँ, सरकारले जारी गरेका आदेशहरू पालना होस्, यो सरकारले आफ्ना निम्ति जारी गरेको नभई आम जनताको स्वास्थ्यका लागि हो।'

 

salt training

कमेन्ट गर्नुहोस्