२० असार २०८३, शनिबार

अपाङ्गता भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारी दिनुपर्ने

कात्तिक २०, २०७४
अपाङ्गता भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारी दिनुपर्ने
काठमाडौँ, ८ पुस - नेपाल सुस्तश्रवण सङ्घले सुस्तश्रवण भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

सङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी राज्यले सुस्तश्रवण भएका व्यक्तिलाई बेवास्ता गरेको भन्दै विभिन्न सीपमूलक तालिमसँगै देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने माग गरेको हो ।
सङ्घले महिला, बालबालिका तथा समाजकल्याणमा छलफलको क्रममा रहेको अपाङ्गतासम्बन्धी विधेयकमा अपाङ्गताको वर्गीकरणमा सुनुवाइसम्बन्धी अपाङ्गतामा सुस्तश्रवणको परिभाषामा एउटा कान धेरै नसुन्ने र एउटा कम सुन्ने र दुवै नसुन्ने समस्या भएकाको लागि सरकारले अन्तर्राष्ट्रियस्तर र मापदण्डबमोजिम परिभाषित गर्नुपर्ने माग गरेको छ ।

सुस्तश्रवण भएकी जना महर्जनले शारीरिक रुपमा अपाङ्गता भएका कारण दैनिकी चलाउन पनि समस्या भएको दुःखेसो गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्