०५ असार २०८३, शुक्रबार

अदालतले सजाय सुनाएका ९ जना फरार प्रतिवादी पक्राउ

अदालतले सजाय सुनाएका ९ जना फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्वीर

कर्णाली प्रदेश प्रहरी कार्यलय मातहतका विभिन्न जिल्लाका जिल्ला अदालतले फैसला सुनाएका तर फरार ९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यलय सल्यानले हातहतियार तथा खरखजनामा दोषी ठहर भएपछि फरार रहेका ७ जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई जिल्ला अदालत सल्यानले ३ वर्ष ६ महिना कैदको फैसला सुनाएको थियो । 

यस्तै जिल्ला अदालत दैलेखले १ महिना १५ दिन कैद र ५ लाख ६२ हजार जरिवाना सुनाएका नकवजनी चोरीमा संलग्न २ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा पेस गरेको कर्णाली प्रदेश प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्