१९ असार २०८३, शुक्रबार

रूपन्देहीमा थप एक साता ‘निषेधाज्ञा’

रूपन्देहीमा थप एक साता ‘निषेधाज्ञा’

रुपन्देहीमा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले यहीँ भदौं २० गतेसम्मलाई निषेधाज्ञा थप गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

सीसीएमसीको उक्त निर्णयअनुसार जारी गरिएको लकडाउन आइतबार राति १२ बजेपछि सकिँदै थियो । जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमै पुगिसकेको र नियन्त्रणको लागि अझै एक साता लकडाउन गर्ने निर्णय गरिएको पन्थले जानकारी दिए ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरू सहितको बैठकले उक्त निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्