बाहुबली–२ फिल्म रिलिज भएसँगै धमाका मच्चाइरहेको छ । बाहुबलीसँग जोडिएको छोटा छोटा विषयमा पनि आम रुपमा दर्शकहरुले नजर लगाइरहेका छन् । फिल्म चलेसँगै यसले भारतीय फिल्ममा तहल्का मच्चाएको छ भने अबको हप्तामा १ हजार करोड कमाउने आकलन गरिएको छ ।
फिल्म चलेसँगै सामाजिक सञ्जाल, युट्युव लगातमा फिल्ममा देखिएका गत्लीहरु सार्वजनिक भएको छ । कस्ता गल्ती छन् त बाहुबली–२ मा ।
सुतेका कलाकार
ट्रेलरमा पनि तपाईले यो सीन देख्नु भएको होला । तेस्रो चौथो लाइनमा रहेका एक व्यक्ति आखा बन्द गरेर बसेको देखिएको छ । फिल्मको शुटिङका क्रममा उनी निदाएका थिए होलान् सायद ।
गदा हान्नु पहिला नै जमिन भासियो ?
यो अन्तिमको सीन हो जहाँ बाहुबलीको छोरा भल्लालसँग लडाइ गरिरहेका हुन्छन । भल्लालले आफ्नो गदाले बाहुबलीका छोरालाई हान्छन् । उनको प्रहारले गर्दा घुडा मारेको स्थान फुट्छ तर तपाईले ख्याल गर्नु भएको छ की छैन गदा हान्नु पूर्व नै उक्त ठाउँ फुटेको छ ।
एक पटकमा चार जना उडे
एक सीनमा जंगलमा एक पालकी अगाडि बढ्छ । डाकूले उसलाई लुट्न खोज्छन् तर भित्र रहेकी देवसेना निक्लन्छिन् र डाकुलाई मार्छिन् । लडाइ गर्ने समय तलबार चलाउँछिन तर एक सिनमा उनले तलबार नचलाउँदै तीन डाकु हावामा उड्छन् । मृत शरीर कहाँ गयो ?
जब कटप्पाले बाहुबलीलाई तलबारले मारे तव त्यहाँ एक तीर एक मृत शरीर थियो । तर अघिल्लो सीनमा मृत शरीर र तीर छैन , कहाँ हराए त ? भद्राकी आमा खै ?
फिल्मको पहिलो भागमा बाहुबलीका छोराले भल्लालदेबका छोरा भद्राको शीर छेदन गर्छन्, फिल्ममा देवसेना र भल्लाको पूरै रिसारिसको सीन छ, तर भल्लालको विवाह कहिले भयो, कोसँग भयो भन्ने कुरा दिन फिल्ममा आवश्यक ठानिएन कि बिर्सिए ? की आमा नभई जन्भिए भद्रा ?
फिल्ममा बाहुबलीलाई कटप्पाले किन मारेपछि यो प्रश्न उठ्न आवश्यक छैन, कि भद्रा की आमा को ?