
स्वास्थ्य सेवा विभागले उपत्यका भित्रका होटललाई आइसोलेशन सम्बन्धी व्यवस्थाका लागि सूचीकृत गर्ने निर्णय भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका आइसोलेशन केन्द्रमा बेड अभाव भएमा तोकिएको शुल्क (दुई हजार प्रतिव्यक्ति प्रतिदिन) सम्बन्धित होटललाई भुक्तानी गर्ने गरी स्वास्थ्य सेवा विभागले संक्रमितहरुलाई राख्नेगरी व्यवस्थापन गरिने भएको छ।
संक्रमित व्यक्तिहरु आफ्नै खर्चमा विभागले व्यवस्था गरेका वा अन्य होटलमा बस्न चाहेमा स्वीकृति दिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यस किसिमको व्यवस्था हरेक प्रदेशमा सम्बन्धित सामाजिक विकास मन्त्रालय मार्फत गर्ने निर्णय भएको छ।