२९ जेठ २०८३, शुक्रबार

मध्य भोटेकोशीले आइपीओ जारी गर्दै, सर्वसाधारणलाई ९० करोडको शेयर

कात्तिक २०, २०७४
मध्य भोटेकोशीले आइपीओ जारी गर्दै, सर्वसाधारणलाई ९० करोडको शेयर
काठमाडौं, २२ वैशाख - मध्ये भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दुई अर्ब ९४ करोड रुपैयाँको प्राथमिक शेयर (आइपीओ) वितरण गर्ने भएको छ । यो मध्ये सर्वसाधारणले ९० करोडको शेयर पाउने छन् । ग्लोबल आइएमइ क्यापिटललाई निष्काशन तथा विक्रि प्रबन्धकमा नियुक्त गरिएको छ ।

कम्पनीले ती चरणमा शेयर वितरण गर्ने तयारी गरेको छ । पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल एक अर्व सत्र करोड बराबरको एक करोड सत्र लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि एक्काईस करोड बराबरको एककाईस लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि छ करोड बराबरको छ लाख कित्ता शेयर जारी गर्नेछ ।

दोस्रो चणमा आयोजना प्रभावित स्थानीयहरुलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर वितरण गरिने छ । तेस्रो चरणमा चाहिँ सर्वसाधारण र भोटेकोशीका कर्मचारीका लागि ९० करोड रुपैयाँको शेयर वितरण गर्न लागिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्