
सरकारले आन्तरिक हवाइ उडान र अन्तरजिल्ला सवारी साधन आगामी असोज १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यससँगै यसअघि विदेशबाट दैनिक ५ सयको हाराहारीमा नेपाली ल्याउने निर्णय भएकोमा त्यसलाई सच्याएर दैनिक ८ सयको संख्याबाट नबढ्ने गरी नेपाली ल्याउने निर्णयसमेत गरेको छ ।
सोमवार मन्त्रालयमा मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आइतवार बसेको बैठकले १४ निर्णय गरेको बताए ।
हेर्नुहोस् मन्त्रिपरिषद बैठकका १४ निर्णयहरू -