३० असार २०८३, मंगलबार

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त: ‘नेपालले असल मित्र गुमायो'

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त: ‘नेपालले असल मित्र गुमायो'
फाइल फोटो।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनमा दुख व्यक्त गरेकी छन्।

पछिल्लो समय नयाँदिल्लीस्थित सैन्य अस्पतालमा उपचाररत मुखर्जीको सोमबार निधन भएको छ। राष्ट्रपति भण्डारीले साँझ ट्वीट गर्दै ‘भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट मर्माहत भएको’ बताएकी छन्।

उनले नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै उनको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छन्।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै भारतीय जनता र मुखर्जी परिवारप्रति नेपाली जनता सरकारको तर्फबाट समवेदना व्यक्त गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्