
सरकारले नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
बैठकले सहायक रथी अरुणकुमार पालको राजीनामा स्वीकृत गरेको छ। उनले केही समयअगाडि जंगी अड्डामा राजीनामा बुझाएका थिए। सरकारले उपरथी गोकुल भण्डारीको सरुवा भएको छ।