काठमाडौं, २२ बैशाख — चलचित्र ‘राज्जा रानी’ को रिलिज मिति घोषणा गरिएको छ । यम थापाको निर्देशन रहेको चलचित्रमा पश्चिम तराईको जनजाति समुदायको कथालाई उठान गरेको छ ।

रमेश एमके पौडेलले निर्माण गरेको उक्त ड्रामा चलचित्रमा केकी अधिकारी र नाजिर हुसेनको जोडी देख्न सकिनेछ । चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले क्यामेरामा कैद गरेका छन् ।
चलचित्र आउँदो पुस २८ गते रिलिज हुने भएको हो ।