३० असार २०८३, मंगलबार

सानिमाको शाखा रुपन्देहीको भलवारीमा

सानिमाको शाखा रुपन्देहीको भलवारीमा

सानिमा बैंक लिमिटेडले यही भाद्र १५ गतेदेखि रुपन्देहीको भलवारीमा ८० औं शाखा कार्यालय संचालनमा ल्याई बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरेका छन् ।

कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने छ । 

जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरुलाई कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गर्ने बैंकले जनाएको छ  । 

सानिमा बैंकले ८० वटा शाखा, ८० वटा एटीएम तथा १५ वटा विस्तारित काउण्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्