०५ असार २०८३, शुक्रबार

डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

भदौ १६, २०७७
डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का
प्रतिकात्मक तस्वीर

डोटी जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार मंगलवार दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
 
भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसूस गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो । 

भूकम्पका कारण हालसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्