१५ असार २०८३, सोमबार

काठमाडौंका  २२ स्थानमा ‘डमी ट्राफिक’

काठमाडौंका  २२ स्थानमा ‘डमी ट्राफिक’

महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि काठमाडौ उपत्यकाका २२ वटा स्थानमा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको छ।

विभिन्न स्थानमाका सडकको छेउमा राखिएका डमीको हातमा ट्राफिक नियम उल्लंघन गरेमा ५ सयदेखि १० हजारसम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने उनको भनाइ छ।

ती डमीहरू सिंहदरबार, सिंहदोबाटो, माइतिघर, नयाँबानेश्वर चोक, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा राखिएका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्