२३ असार २०८३, मंगलबार

जिल्लाका अस्पताल स्तरोन्नति गरिने, यी हुन् बागमती मन्त्रिपरिषद्का निर्णय

भदौ १६, २०७७
जिल्लाका अस्पताल स्तरोन्नति गरिने, यी हुन् बागमती मन्त्रिपरिषद्का निर्णय
फाइल फोटो।

बागमती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ। 

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो। हाल प्रदेशका आठ जिल्लामा मात्र  प्रदेश मातहतका अस्पताल छन्। दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र चितवनमा प्रदेश मातहतमा अस्पताल छैनन्। 

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन व्यवसायीको इजाजत नवीकरण तथा जरिवाना÷विलम्ब दस्तुरमा छुट दिने निर्णयसमेत गरेको छ। 

बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७ र  दुग्ध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए। 

यसैगरी महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको  आर्थिक मामिला तथा योजनामन्त्री  ढुङ्गेलले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्