
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ रहेको जनाएको छ ।
मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ रहेको बताएका हुन् । यससँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।
मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय दुई पुरुष, काठमाडौँकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुका ६२ वर्षीय पुरुष रहेका छन् ।