
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ९६ मा कोरोना संक्रमण भएको जनाएको छ ।
नियमित प्रेस ब्रिफिङका क्रममा मंगलवार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा ३ सय ९६ जनामा संक्रमण भएको जानकारी दिए ।
उनका अनुसार काठमाडौँ जिल्लामा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको छ ।
डा. गौतमले देशैभर अहिले सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ८६ रहेको बताए । पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ को पीसीआर परीक्षण भएकोमा ९ सय २ जनामा पोजिटिभ देखिएको हो ।