०६ साउन २०८३, बुधबार

नाकामा सेना खटाएर कडाइ गर्न उपत्यकाका स्थानीय जनप्रतिनिधिको माग

नाकामा सेना खटाएर कडाइ गर्न उपत्यकाका स्थानीय जनप्रतिनिधिको माग

उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाई कडाइ गर्न माग गरेको छ। 

फोरमको मंगलबारको बैठकले उपत्यकाभित्रको जनजीवन खुकुलो बनाउँदै नकामा भने सेना खटाउन माग गर्ने निर्णय गरेको हो।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले  भने,  ‘महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका कोणबाट जनजीवन असहज बन्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ।’

भदौ २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई पनि नियमित गर्ने र आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको उनले बताए।
 

salt training

कमेन्ट गर्नुहोस्