२४ जेठ २०८३, आइतबार

ओसामा बिन लादेन थिए यस्तो चलचित्रका पारखी

चैत २४, २०७७
ओसामा बिन लादेन थिए यस्तो चलचित्रका पारखी

ओसामा बिन लादेनका विषयमा नेसनल जियोग्राफिकले बनाएको एक वृत्तचित्रमा अनौठो खुलासा गरिएको छ । 
 

नेभी सील टीमले लादेन लुकेको ठाउँमा पोर्न फिल्महरूको ठूलै संकलन फेला पारेको थियो । ‘बिन लादेन्स हार्ड ड्राइभ’ नामक वृत्तचित्रका अनुसार, लादेनले पोर्न फिल्म हेर्ने मात्र नभई त्यसको भिडियोमा गोप्य सन्देश राखेर बाहिर पठाउने अनि थप पोर्न भिडियो मगाउने गरेका थिए । 

लादेनका विभिन्न चिट्ठीपत्र हेर्दा उनले इमेलप्रति अविश्वास गर्ने र आफूभन्दा तलकालाई दिएका आदेश बीचैमा चुहिने डर उनमा रहेको देखिन्छ । उनले सहयोगीहरूलाई कुरियरमार्फत सन्देश पठाउँथे तर कागजमा नभई पोर्न फिल्मको भिडियोमा राखेर पठाउँथे, वृत्तचित्रमा दाबी गरिएको छ । 

इस्लामको कट्टरपन्थी व्याख्या गर्ने अल कायदा संगठनले अश्लील सामग्री हेर्नु हराम हो भने पनि लादेनले पोर्न फिल्मको विशाल संकलन गरेको उनलाई मार्न जाने नेभी सीलहरूले देखेका थिए । 

तर लादेनसँगै कम्तीमा २२ जना अन्य मानिस बस्ने गरेको र उनीहरूमध्ये जोकोहीले पोर्न संकलन गरेको हुन सक्ने डकुमेन्टरीमा उल्लेख गरिएको छ । यो संकलनलाई अमेरिकी अधिकारीहरूले सार्वजनिक गर्न मानेका छैनन् । कस्ता किसिमका पोर्न फिल्महरू लादेनले संकलन गरेका थिए भन्ने विषयमा कुनै संकेत पाइएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्