१९ असार २०८३, शुक्रबार

उपत्यकामा सपिङ मल, कस्मेटिक पसल साताको तीन दिन मात्र खुल्ने, ब्यूटीपार्लर नखुल्ने

उपत्यकामा सपिङ मल, कस्मेटिक पसल साताको तीन दिन मात्र खुल्ने, ब्यूटीपार्लर नखुल्ने

स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउनुका साथै नयाँ मोडालिटी तय गरेको छ।

 प्रशासनले बुधबार जारी गरेको सूचना अनुसार सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल साताको तीन दिन मात्र खुल्नेछन्।

यी पसल सोमबार, बुधबार र शनिबार मात्र खुल्ने तर त्यसका लागि स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने सूचनामा उल्लेख छ। तर, ब्यूटीपार्लर भने बन्द रहनेछन्।

यसैगरी, भाँडा र भान्साजन्य बस्तुका पसल आइतबार, मंगलबार र शुक्रबार मात्र खुल्नेछन्।

त्यस्तै, फर्निचर र अटोमोबाइल्स सम्बन्धी पसल सोमबार र बुधबार मात्र खुल्नेछन्। सहकारी संस्थाहरु बिहान ११ देखि दिउँसो ३ बजेसम्म मात्र खोल्न पाइनेछ। 

प्रशासनका अनुसार टेक-अवे र होम  डेलिभरी सेवा दिउँसो २ देखि ७ बजेसम्म मात्र खुला हुनेछ। 

salt training

कमेन्ट गर्नुहोस्