०१ असार २०८३, सोमबार

तोलाको ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलाको ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा पछिल्ला केही दिन सुनको मूल्यमा पुनः वृद्धि हुन थालेको छ । 

बुधवारको तुलनामा बिहीवार छापावाल सुन प्रति तोला ४ सय रुपैयाँले वृद्धि भएको छ ।

बिहीवार छापावाल सुन प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधवार यस्तो सुन प्रति तोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार यस्तो सुनको मूल्य प्रति तोला ९५ हजार  ९ सय रुपैयाँ कायम भएको थियो  । 

बिहीवार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधवार भने चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्