नेपाली बजारमा पछिल्ला केही दिन सुनको मूल्यमा पुनः वृद्धि हुन थालेको छ ।
बुधवारको तुलनामा बिहीवार छापावाल सुन प्रति तोला ४ सय रुपैयाँले वृद्धि भएको छ ।
बिहीवार छापावाल सुन प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार यस्तो सुन प्रति तोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार यस्तो सुनको मूल्य प्रति तोला ९५ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
बिहीवार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार भने चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।