२६ असार २०८३, शुक्रबार

कोशीमा खानेपानी, सिँचाइ तथा ऊर्जामा ६ अर्ब २८ करोड बजेट

असार १, २०८३
विराटनगर
कोशीमा खानेपानी, सिँचाइ तथा ऊर्जामा ६ अर्ब २८ करोड बजेट

कोशी प्रदेश सरकारले खोनपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रको विकासका लागि ६ अर्ब २८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

खानेपानीतर्फ बहुवर्षे खानेपानीका लागि २४ करोड, २ सय खानेपानी आयोजनाका लागि २७ करोड, प्रदेशका ५६ निर्वाचन क्षेत्रमध्ये ३८ क्षेत्रमा प्रतिक्षेत्रमा १ करोडको खानेपानी आयोजना र १८ निर्वाचन क्षेत्रमा जलउत्पन्न र खानेपानीसँग सम्बन्धित १ करोडका आयोजना गरेर ५६ करोड विनियोजन गरिएको छ । 

यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण र विपद् व्यवस्थापनका लागि ६२ करोड ५३ लाख विनियोजन गरिएको मन्त्री लिङ्थेपले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्