१२ असार २०८३, शुक्रबार

खानेपानीका कर्मचारी घूससहित अख्तियारको फन्दामा

भदौ २५, २०७७
खानेपानीका कर्मचारी घूससहित अख्तियारको फन्दामा
प्रतिकात्मक तस्वीर

नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी घूस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संस्थानअन्तर्गत विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले हुन् ।

ग्राहकको मिटरमा अस्वाभाविक ढंगले महसुल रकम चढेको पाइएपछि आफूले मिलाइदिने भन्दै उनले ग्राहकसँग २५ हजार रुपैयाँ मागेका थिए । घूस रकमसहित बिहीवार बिहान साढे ११ बजे पोखरा बगरको एक रेस्टुरेन्टबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

२०५७ सालदेखि नै वाग्ले करारमा कार्यरत रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्