२५ जेठ २०८३, सोमबार

डडेल्धुरा अस्पतालमा २५ सयमै पिसिआर परीक्षण

डडेल्धुरा अस्पतालमा २५ सयमै पिसिआर परीक्षण
फाइल फोटो

डडेल्धुरा अस्पतालले रु दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ। आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ।

यसअघि अस्पतालले आपतकालीन अवस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो। स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ।

साधारण अवस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकालाई सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए। डडेल्धुरा अस्पतालमा बिहीबारसम्म तीन कोरोना भाइरस संक्रमित छन् । दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको र आज दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।

salt training

कमेन्ट गर्नुहोस्