०४ असार २०८३, बिहीबार

हुन्डाई अउराको नेपालमा बिक्री शुरू, मूल्य ३३ लाख ९६ हजार

हुन्डाई अउराको नेपालमा बिक्री शुरू, मूल्य ३३ लाख ९६ हजार

नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ हुन्डाई अउरा सार्वजनिक गरेको छ । कम मूल्यमा नै सेडान कार खोज्नेको लागि सेग्मेन्टमा नै उत्कृष्ट सुबिधासहित बजारमा ल्याएको हो ।

नयाँ हुन्डाई अउरा सार्वजनिक गर्दै कम्पनीका जीएम रुपेश शर्मा भट्टले भने ‘सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र यहि समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुन्डाईको लागि अर्को एक सही कदम हुनेछ ।’

नयाँ हुन्डाई अउरा एक आकर्षक सेडान रहेको छ । यसललाई युवा लक्षित गर्दै उत्कृष्ट डिजाइन ल्याङवेज ‘सेन्सियस स्पोर्टनेस’ तयार गरिएको छ । कारको गाडीको भागमा यूनिक ट्वीन ब्रुमिङ डे टाइम रनिङ लाइट, प्रिमियम स्टेन फ्रन्ट ग्रिल, प्रोजेक्टर फगल्याम्प रहेको छ । साइड प्रोफाइलले यसको कुपे स्टाइल दर्शाएको छ ।

यसको पछाडि भागमा रोबष्ट स्पोर्टी बम्पर, स्टाइलिस जेड सेप्ड टेलल्याम्प, विभिन्न स्थानमा दिइएको क्रोम फिनिसले यसलाई सेग्मेन्टमा नै उत्कृष्ट सेडान बनाएको छ ।

कम्पनीले अउरामा हुन्डाईको उत्कृष्ट १.२ लिटर कपा ड्यूल भीटीभीटी पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ८३ पीएस पावर र ११६ एनएम टर्क प्रदान गर्ने छ ।

हुन्डाईको हाई स्ट्रेन्थ स्टील प्रयोग गरेर बनाईको अउराको बडी निकै बलियो रहेको छ । सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ क्यामेरा, इमर्जेन्सि स्टप सिंगनल जस्ता फिचर उपलब्ध रहेका छन् ।

हुन्डाई अउरा एस भेरियन्ट विभिन्न चार कलरमा उपलब्ध रहेको छ । यसको मूल्य ३३ लाख ९६ हजार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्