१० साउन २०८३, आइतबार

किम जोङ उनको स्वास्थ्य राम्रो रहेको ट्रम्पको भनाइ

भदौ २६, २०७७
किम जोङ उनको स्वास्थ्य राम्रो रहेको ट्रम्पको भनाइ

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्य राम्रो रहेको बिहीवार दाबी गरेका छन् । किम कोमामा छन् भन्ने हल्ला चलेको बेलामा ट्रम्पको भनाइ आएको हो । 

‘किमको स्वास्थ्य राम्रो छ । उनलाई नहेप,’ ट्रम्पले ट्विटरमा लेखे । 

किमले सिंगापुर शिखर सम्मेलनमा ट्रम्पलाई घोर प्रशंसा गरेको भनी उल्लेख गरिएका पत्रहरू एक ताजा पुस्तकमा सार्वजनिक भएपछि ट्रम्पको ट्वीट आएको हो । किमले ट्रम्पलाई जन्मदिनको शुभकामना दिने गरेका थिए अनि बाराक ओबामालाई अश्लील गाली गरेका थिए । 

विगत केही महिनादेखि ट्रम्पको स्वास्थ्यका विषयमा अनेकौं हल्ला चलिरहेका छन् । अप्रिल महिनापछि उनी सार्वजनिक स्थानमा कमै देखिएका छन् । उनको मुटुको शल्यक्रिया बिग्रेको भनी हल्ला चलेको थियो । 

उनको स्वास्थ्यका विषयमा अडकलबाजी बढेपछि मे १ मा उनले सुनचोन शहरमा एक कारखानाको उद्घाटन समारोहमा सहभागी भई हल्लामा पूर्णविराम लगाएका थिए । 

त्यसपछि उनी लगातार सार्वजनिक स्थानमा देखिँदै आएका छन् ।  

अमेरिकी पत्रकार तथा लेखक बब वूडवार्डको ताजा पुस्तक 'रेज'मा किमले ट्रम्पलाई मौसुफ भनी सम्बोधन गरेको आफूहरूबीचको गहिरो र विशेष मित्रताले जादूको काम गर्ने भनी लेखिएका पत्रहरू समावेश गरिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्